दुबई संयुक्त अरब इमिरेट्स (UAE) को सबैभन्दा धेरै जनसंख्या भएको शहर हो । फारसको खाडीको दक्षिणपूर्वी तटमा अवस्थित, यो दुबई एमिरेट, युएईका सात इमिरेट्स मध्ये एकको राजधानी हो ।

दुबई, मध्य पूर्वमा एक प्रमुख वैश्विक शहर र व्यापार केन्द्र हुनुको साथै, यात्रु र कार्गोको लागि प्रमुख यातायात केन्द्र पनि हो । १९६० मा यहाँको अर्थतन्त्र, व्यापार र तेल अन्वेषण छूटहरूमा निर्भर थियो, यद्यपि महत्त्वपूर्ण तेल राजस्व सङ्कलन १९६९ मा मात्र सुरु भयो । आज दुबईको राजस्वको ५% भन्दा कम तेलबाट आउँछ र यहाँको अर्थव्यवस्था पर्यटन, उड्डयन, घर जग्गा कारोबार र वित्तीय सेवाहरू द्वारा संचालित छ ।

दुबई आफ्नो नवीन निर्माण परियोजनाहरू र खेलकुद कार्यक्रमहरूको लागि अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्र पनि बनेको छ । विश्वको सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा लगायतका गगनचुम्बी भवनहरूका लागि दुबई लोकप्रिय छ । २०२० मा, दुबईले वर्ल्ड एक्स्पोको आयोजना गर्‍यो र सलाम स्ट्यान्डर्ड द्वारा मुस्लिम यात्रुहरूका लागि उत्कृष्ट गन्तव्य पनि घोषित भयो ।

उपयोगी जानकारी

संयुक्त अरब इमिरेट्समा पावर सकेटहरू टईप C, D र G प्रकारका हुन्छन् । यहाँँ स्ट्यान्डर्ड भोल्टेज २२० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

जिसिसी नागरिकहरूलाई राहदानी वा राष्ट्रिय परिचयपत्रको साथ युएईमा आइपुगेपछि आगमनमा भिसा दिइन्छ । जिसिसी बाहेकका नागरिकहरूले आफ्नो सम्बन्धित देशहरूको लागि भिसा आवश्यकताहरू जाँच गर्नुपर्छ ।

दुबईले धेरै यातायातका विकल्पहरू प्रदान गर्दछ । ट्याक्सीहरू, मेट्रो ट्रेनहरू र बसहरू शहर घुम्नको लागि सुरक्षित र प्रभावकारी विकल्पहरूमा हुन 

अरबी संयुक्त अरब इमिरेट्सको राष्ट्रिय र आधिकारिक भाषा हो । यहाँ अंग्रेजी दोस्रो भाषाको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । अध्यागमनका कारण दुबईमा हिन्दी, उर्दू, बंगाली, तमिल, र फारसी पनि बोलिने अन्य प्रमुख भाषाहरू हुन् ।