दोहा कतार राज्यको राजधानी र सबैभन्दा बदी जनसंख्या भएको शहर हो। दोहा देशको पूर्वमा पर्शियन खाडीको तटमा अवस्थित छ। यो कतारको सबै भन्दा छिटो बढ्दै गरेको शहर हो, जहाँ राष्ट्रको ५०% भन्दा बढी जनसंख्या बस्छन्, र यो देशको आर्थिक केन्द्र पनि हो।

यसलाई आधिकारिक रूपमा १९७१ मा कतारले बेलायती संरक्षक राज्यबाट स्वतन्त्रता प्राप्त गरे पछि देशको राजधानीको रूपमा घोषणा गरिएको थियो। कतारको व्यापारिक राजधानी र मध्यपूर्वमा उदीयमान वित्तीय केन्द्रहरू मध्ये एकको रूपमा, दोहालाई ग्लोबलाइजेशन र वर्ल्ड सिटीज रिसर्च नेटवर्कद्वारा विश्व शहरको मान्यता दिइएको छ।

मे २०१५ मा, भिगन, ला पाज, डरबन, हवाना, बेरुत, र क्वालालम्पुर सँगसँगै, दोहालाई नयाँ ७ आश्चर्य शहरहरू मध्ये एकको रूपमा आधिकारिक मान्यता दिइएको थियो ।

उपयोगी जानकारी

कतारमा पावर सकेटहरू टाइप D र G  प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २४० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

कतारमा १४ दिनभन्दा बढी समय बिताउन चाहने पर्यटकहरू, पारिवारिक भ्रमणका लागि आउने तथा लामो अवधिको व्यापार भ्रमणमा आउनेहरूका लागि भिजिट भिसा लागू हुन्छ । भिजिट भिसाका लागि कतारमा बस्ने वा देशभित्र सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनी वा होटलको प्रायोजन आवश्यक हुन्छ ।

ट्याक्सीहरू दोहा र कतारमा सम्पूर्ण देशको वरिपरि पुग्नको लागि सबैभन्दा सुविधाजनक माध्यमहरू मध्ये एक हो । कतारमा सामान्यतया एउटा मात्र कम्पनीले ट्याक्सी सेवा प्रदान गर्दछ । कार हायर कतारमा यात्राको अर्को लोकप्रिय माध्यम हो । त्यसैगरि बस राजधानी शहर वरिपरि यात्रा गर्न सबैभन्दा लोकप्रिय माध्यम हो ।

अरबी कतारको आधिकारिक भाषा हो र अंग्रेजीलाई सामान्यतया दोस्रो भाषाको रूपमा प्रयोग गरिन्छ ।