स्वास्थ्य घोषणा : हिमालय एअरलाइन्स् सँग सुरक्षित र आरामदायी उडान सुनिश्चित गर्दै

हिमालय एअरलाइन्स् मा यात्रुको सुरक्षा र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। तपाईँ र उडानमा रहेका सबै यात्रुको यात्रा सहज, सुरक्षित र आरामदायक बनाउन, कुनै पनि स्वास्थ्य समस्या भएका यात्रुहरूले उडान अघि आफ्नो अवस्था हामीलाई अग्रिम जानकारी गराउन हामी विनम्र अनुरोध गर्दछौँ।

स्वास्थ्य समस्या जानकारी गराउनु किन आवश्यक छ ?

केही स्वास्थ्य अवस्थाले तपाईँको यात्रा अनुभवलाई असर गर्न सक्छ। अग्रिम जानकारी गराउँदा हामी आवश्यक सहयोग उपलब्ध गराउन, उडानमा असहजता रोक्न र उडानलाई ढिलाइ हुन बाट रोक्न सक्छौँ।

हाम्रो स्वास्थ्य जानकारी नीति

हिमालय एअरलाइन्स् ले स्वास्थ्य समस्या भएका यात्रुहरूलाई मेडिकल (MEDA) फाराम भर्न अनिवार्य गरेको छ। यो फाराम तपाईँको उपचार गर्ने डाक्टरले भर्नुपर्ने हुन्छ, जसले तपाईँ उडानका लागि योग्य हुनुहुन्छ कि छैन भन्ने मूल्याङ्कन गर्न मद्दत गर्छ। हाम्रो H9 मेडिकल टिमले उक्त विवरण जाँच गरी सुरक्षित र आरामदायक उडान सुनिश्चित गर्दछ।

जानकारी गराउनुपर्ने सामान्य स्वास्थ्य अवस्थाहरू

तल उल्लेखित अवस्थाहरू भएका यात्रुहरूले अग्रिम जानकारी गराउनुपर्छ :

·       मुटु रोग – यात्राका क्रममा आउन सक्ने जटिलता र जोखिमहरू

·       श्वासप्रश्वास सम्बन्धी रोग – अक्सिजन सहयोग आवश्यक हुन सक्ने अवस्था ।

·       मधुमेह – खानपान र औषधि व्यवस्थापन आवश्यक हुन सक्ने अवस्था ।

·       मानसिक स्वास्थ्य समस्या – औषधि वा सहयोग आवश्यक हुन सक्ने अवस्था ।

·       स्नायु तथा नसा रोग–छारे रोग(seizure) वा आपतकालीन हुन सक्ने अवस्था ।

·       गर्भावस्था र गर्भवती महिला

सुरक्षित यात्राका लागि तयारी

तनावमुक्त यात्राका लागि हाम्रो सुझावहरू :

·       कुनै पनि स्वास्थ्य समस्या भएमा समयमै जानकारी गराउनुहोस् ।

·       आवश्यक औषधि र चिकित्सकीय कागजात साथमा राख्नुहोस् ।

·       गम्भीर स्वास्थ्य समस्या भए उडानअघि डाक्टरसँग सल्लाह लिनुहोस् ।

·       आवश्यक परे चढ्ने र ओर्लने क्रममा विशेष सहयोग अनुरोध गर्नुहोस् ।

हिँडडुल गर्न (Mobility) सहयोग

हिँडडुलमा सहयोग आवश्यक पर्ने यात्रुहरूले अग्रिम जानकारी गराउनुपर्छ। हामी अतिरिक्त शुल्कमा ह्वीलचेयर, AMBU लिफ्ट र प्राथमिकता बोर्डिङ जस्ता सेवा प्रदान गर्दछौँ। विमानस्थलमा उपलब्ध सुविधाबारे अग्रिम जानकारी लिँदा तपाईँको यात्रा अझ सहज हुन्छ।

सहज यात्राका लागि पारदर्शिता

उडानअघि आफ्नो स्वास्थ्य अवस्था जानकारी गराउँदा हामी आवश्यक व्यवस्था गर्न सक्छौँ, जसले तपाईँ र अन्य यात्रुका लागि सुरक्षित र आरामदायक यात्रा सुनिश्चित गर्छ। तपाईँको सहयोगले हामी सबैको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै उत्कृष्ट सेवा दिन सक्षम हुन्छौँ।

थप सहयोगका लागि, टिकट बुकिङको समयमा हिमालय एअरलाइन्स् को सहायता टोलीसँग सम्पर्क गर्नुहोस्।

सुरक्षित यात्राको लागि शुभकामना !

तपाईं उड्नु अघि

  • उडान लामो समयको हुन सक्छ, त्यसैले विमानमा चढ्नु अघि टर्मिनलमा केही हिँडफिर गर्नुहोस्। 
  • विमानको हावा सुख्खा हुने भएकाले छालामा मोइस्चराइजर प्रयोग गरेर छाला ताजा राख्नुहोस्।
  • उडान अघि भारी खाना नखानुहोस्।
  • उडानको एक दिन अघि रक्सी, चिया र कफीको सेवन सीमित गर्नुहोस्।
  • आरामदायी कपडा लगाउनुहोस्, टाइट फिट गरिएको पोशाक नलगाउनुहोस्।  

 

आफ्नो उडान समयमा

  • हाइड्रेटेड रहनुहोस्: उडानको समयमा बारम्बार पानी र जुस पिउनुहोस्।
  • मदिरा, चिया र कफी सीमित गर्नुहोस्: यी पेय पदार्थले मूत्रवर्धकको रूपमा काम गर्दै शरीरलाई निर्जलीकरण गर्न सक्छ।
  • हल्का खाना खानुहोस्: उडानको समयमा शरीर निष्क्रिय हुने भएकाले भारी खाना पचाउन गाह्रो हुन्छ।
  • छालालाई हाइड्रेट राख्नुहोस्: मोइस्चराइजर प्रयोग गर्नुहोस्।
  • मांसपेशीलाई आराम दिनुहोस्: उडानको समयमा मांसपेशी तनावग्रस्त हुन सक्छ, जसले ढाड दुख्ने र थकान ल्याउँछ। हल्का स्ट्रेच गर्नुहोस् वा गलियारेमा हिँड्नुहोस्।

जेट ल्यागलाई कसरी हराउने

विभिन्न समय क्षेत्र पार गर्दै शरीरलाई नयाँ दिन–रातको चक्रमा समायोजन गर्न पर्याप्त समय नदिई यात्रा गर्दा जेट ल्याग हुन्छ। जेट ल्यागका सामान्य लक्षणहरू निद्रा नलाग्नु, थकान महसुस हुनु, भोक नलाग्नु र टाउको दुख्नु हुर्न्। जेट ल्यागको लागि निश्चित उपचार नभए पनि यसको असर कम गर्न तलका केही उपायहरू अपनाउन सकिन्छ :

  • उडानअघि पर्याप्त र गुणस्तरीय निद्रा लिनुहोस्।
  • गन्तव्य स्थानको स्थानीय खानाको समयअनुसार हल्का भोजन गर्नुहोस्।
  • धेरै भारी खाना नखानुहोस्, किनकि शरीर निष्क्रिय अवस्थामा हुँदा खाना पचाउन गाह्रो हुन्छ।
  • केही हल्का व्यायाम गर्नुहोस्। यदि गन्तव्यमा पुगेपछि सुत्न गाह्रो भइरहेको छ भने, हिँड्न जानु उपयोगी हुन्छ।
  • सामान्यतया शरीरको जैविक घडीलाई प्रत्येक समय क्षेत्रसँग समायोजन हुन करिब एक दिन लाग्छ। यात्रा दूरी र व्यक्तिको शारीरिक अवस्थाअनुसार यो समय अझै लामो पनि हुन सक्छ।
  • सुत्नुअघि क्याफिनयुक्त पेय पदार्थ तथा मदिराको सेवन नगर्नुहोस्।

 

हवाइजहाजको सिट जति नै आरामदायी भए पनि लामो दूरीको उडान थकाइलाग्दो हुन सक्छ। उडानको समयमा धेरै बेर एउटै स्थानमा बसिरहँदा शरीरमा असहजता आउन सक्छ। त्यसैले, हामीले तपाईँलाई ताजा र स्वस्थ महसुस गराउन मद्दत गर्ने केही सरल उडान व्यायामहरू प्रस्तुत गरेका छौँ।

 गर्दन घुमाउने व्यायाम (Neck Roll)

टाउको सीधा राख्नुहोस्।

दायाँ कान काँधतर्फ झुकाउँदै बिस्तारै घाँटी घुमाउनुहोस्।

ठोढी छातीतर्फ झुकाउनुहोस्।

त्यसपछि घाँटीलाई बायाँ कान बायाँ काँधतर्फ पुग्ने गरी घुमाउनुहोस्।

टाउको पछाडितर्फ फर्काउनुहोस्।

यही अभ्यास घडीको दिशामा र उल्टो दिशामा दुवै तरिकाले गर्नुहोस्।

 

नाडी घुमाउने व्यायाम (Wrist Rotation)

दुवै हात अगाडि सिधा तन्काउनुहोस्।

मुट्ठी कस्नुहोस्।

औंला र एडी उठाउने व्यायाम (Tip-Toes & Heels)

दुवै खुट्टा जमिनमा सिधा राख्नुहोस्।

एडी जमिनमा राखी औंलाहरू जति सक्दो माथि उठाउनुहोस्।

केही सेकेन्ड रोक्नुहोस् र खुट्टा फेरि सिधा राख्नुहोस्।

अब औंलाहरू जमिनमा राखी एडीहरू माथि उठाउनुहोस्।

यही प्रक्रिया दोहोर्याउनुहोस्।

 

 

 

खुट्टाको घुँडामुनि घुमाउने व्यायाम (Ankle Circles)

दुवै खुट्टा हल्का गरी हावामा उठाउनुहोस्।

एउटा खुट्टालाई घडीको दिशामा घुमाउनुहोस्।

अर्को खुट्टालाई घडीको विपरीत दिशामा घुमाउनुहोस्।

केही बेरपछि खुट्टा बदल्दै अभ्यास दोहोर्याउनुहोस्।

 

 

काँध घुमाउने व्यायाम (Shoulder Roll)

शरीर सीधा राख्नुहोस्।

काँधलाई अगाडि, माथि, पछाडि र तल घुमाउँदै वृत्ताकार चाल दिनुहोस्।

यही अभ्यास अगाडि र पछाडि दुवै दिशामा गर्नुहोस्।

 

 

हात तन्काउने व्यायाम (Arm Stretch)

दायाँ हात माथि उठाएर बायाँतर्फ ल्याउनुहोस्।

बायाँ हातले दायाँ हात समातेर बिस्तारै तन्काउनुहोस्।

केही सेकेन्ड रोक्नुहोस्।

अब यही अभ्यास बायाँ हातबाट दायाँतर्फ दोहोर्याउनुहोस्।

 

केबिन व्यागेज

यात्रुले बन्द ओभरहेड बिनमा राख्न मिल्ने एउटा मात्र केबिन व्यागेज बोक्न सक्नुहुन्छ। केबिन व्यागेजको अधिकतम तौल ७ किलोग्राम हुनु पर्छ। सामानको अधिकतम आकार 51 × 40 × 23 सेमी (वा 20 × 16 × 9 इन्च) भन्दा ठूलो हुनु हुँदैन। ७ किलोग्रामभन्दा बढी तौल भएको केबिन व्यागेज बोर्डिङ अघि चेक–इन गर्नुपर्नेछ।

दुर्व्यवहारप्रति शून्य सहनशीलता

हामी शिष्ट र सम्मानजनक व्यवहारको कदर गर्छौं। हाम्रा कर्मचारीहरू विरुद्ध हुने कुनै पनि प्रकारको धम्की, मौखिक दुर्व्यवहार वा हिंसा गम्भीर रूपमा लिइनेछ र प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। हिंसाको शिकार भएका जो–कोहीलाई सहयोग गर्न हामी प्रतिबद्ध छौं।

धुम्रपान निषेध

हाम्रा सबै उडानहरूमा धुम्रपान पूर्ण रूपमा निषेधित छ। यसमा इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट) को प्रयोग पनि समावेश छ।

पोर्टेबल इलेक्ट्रोनिक उपकरण (PED)

सुरक्षा कारणले तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशनअनुसार:

  • टेक–अफ, ल्यान्डिङ तथा आपतकालीन अवस्थाका बेला मोबाइल फोन र सबै PED बन्द गरी सुरक्षित रूपमा राख्नुपर्छ।
  • रेडियो ट्रान्समिटर, वाकी–टकी, रेडियो, पेजर, इलेक्ट्रोनिक खेलौना तथा सेलुलर नेटवर्क सेवा भएका सबै उपकरणहरू विमानको ढोका बन्द भएपछि बन्द गर्नुपर्छ।