टिकट मूल्य मौसम, उपलब्धता, र अन्य कारणहरू अनुसार फरक पर्न सक्छ । टिकट मूल्य सम्बन्धी जानकारीका लागि तपाईं, https://book-himalaya-airlines.crane.aero/ibe/reservation. मा जान सक्नुहुन्छ। वैकल्पिक रूपमा, कृपया हिमालय एयरलाइन्स् सेल्स अफिस वा नजिकको ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस् ।
हिमालय एयरलाइन्सको नीति अनुसार बच्चा (जसले आफ्नो १२औं जन्मदिन पूरा गरेको छैन) र शिशु (जसले आफ्नो २औं जन्मदिन पूरा गरेको छैन) का लागि भाडा निम्नानुसार छ:
यात्रु प्रकार | छुट | लागू भाडा |
बच्चा (२-१२ वर्ष) | वयस्क भाडामा २५% छुट | वयस्क भाडाको ७५% |
शिशु (०-२ वर्ष) | वयस्क भाडामा ९०% छुट | वयस्क भाडाको १०% |
*बच्चाको लागि बागेज अनुमति वयस्कसरह नै हुन्छ ।
*शिशुको लागि बागेज अनुमति १० केजी (२२ ।०५ एलबी) मा सीमित छ ।
होइन, हाम्रो भाडा विदेशी र स्वदेशी दुवैका लागि समान छ । तर, सबै उडानहरूमा काठमाडौँ विमानस्थलबाट प्रस्थान गर्दा विदेशी यात्रुहरूका लागि अतिरिक्त सरकारी कर - पर्यटन सेवा शुल्क लागू हुन्छ ।