क्वालालम्पुर आधिकारिक रूपमा क्वालालम्पुरको संघीय क्षेत्र, मलेसियाको राष्ट्रिय राजधानी र सबैभन्दा ठूलो सहर हो । मलेसियाको एक मात्र अल्फा विश्व सहर, क्वालालम्पुरले २४३ किमी (९४ वर्ग माइल) को क्षेत्रफल ओगटेको छ । यो जनसंख्या र आर्थिक विकासमा दक्षिण–पूर्वी एशियामा सबै भन्दा छिटो बढ्दै गरेको महानगरीय क्षेत्रहरु मध्ये एक हो ।

यो सहर कुनै समय संघीय सरकारको कार्यकारी र न्यायिक शाखाहरूको मुख्यालय पनि राहेको थियो, तर तिनीहरूलाई १९९९ को शुरुमा पुत्रजयामा सारिएको थियो । न्यायपालिकाका केही खण्डहरू अझै पनि क्वालालम्पुरमा नै स्थित छन् ।

क्वालालम्पुर, मलेसियाको तीन संघीय क्षेत्रहरू मध्ये एक हो, प्रायद्वीप मलेशियाको मध्य पश्चिम तटमा रहेको सेलान्गोर राज्य भित्र छ । १९९० को दशकदेखि, यस सहरले १९९८ कमन वेयल्थ गेम्स सहित धेरै अन्तर्राष्ट्रिय खेलकुद, राजनीतिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको छ । हालैका दशकहरूमा क्वालालम्पुरले द्रुत विकास गरेको छ । यहाँ विश्वको सबैभन्दा अग्लो जुम्ल्याहा टावर, पेट्रोनास ट्विन टावर स्थित छ, जुन मलेसियाको भविष्यको विकासको प्रतिष्ठित प्रतीक बनेको छ ।

क्वालालम्पुर

पेट्रोनास टावर्स

पेट्रोनास ट्विन टावरहरू कुनै समय संसारको सबैभन्दा अग्लो भवनहरू थिए । अहिले संसारको सबैभन्दा अग्लो तुविन संरचना, ८८–तले टावरहरू ४१ औं र ४२ औं तलामा (सडक स्तर भन्दा १७५ मिटर माथि) ५८ मिटर लामो, डबल–डेकर स्काई ब्रिजद्वारा जोडिएका छन् ।

कुवलालम्पुर टावर

पेट्रोनास ट्विन टावरको साथमा, मेनारा केएल टावर सजिलै मलेसियाको सबैभन्दा चिनिने र लोकप्रिय स्थलचिन्ह हो । 

चाइना टाउन

पूर्वीय संस्कृति, सम्पदा र इतिहासमा धनी, चाइना टाउन मोलतोल किन्मेल गर्नेको लागि एक प्रसिद्ध स्थल हो । 

एक्वेरिया केएलसीसीमा

केएल कन्भेन्सन सेन्टरको कन्कोर्स लेभलमा, ४६४,५१५ वर्गमिटरको एक्वेरिया केएलसीसीमा १५० भन्दा बढी प्रजातिका केल्प, कोरल र सामुद्रिक जीवहरू छन् ।   

बाटु गुफा

कुवलालम्पुर बाट ११ किमी उत्तरमा, बतु गुफाहरू ४०० मिलियन वर्ष पुरानो चुनढुङ्गा पहाड हो र यस भित्र १०० वर्ष पुरानो ऐतिहासिक मन्दिर स्थित छ ।

उपयोगी जानकारी

मलेसियामा पावर सकेटहरू टईप G प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २२० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

मलेसियाका आगन्तुकहरूले मलेसियाली कूटनीतिक नियोगहरू मध्ये कुनै एकबाट भिसा प्राप्त गर्नुपर्छ । सबै आगन्तुकहरूसँग कम्तिमा पनि ६ महिनाको लागि वैध राहदानी हुनुपर्छ ।

आधुनिक रेल प्रणाली, उत्कृष्ट सडक, सस्तो बसहरू, र फराकिलो फेरी प्रणालीले मलेसिया घुम्न सजिलो बनाउँछ ।

मलेसियाको आधिकारिक र राष्ट्रिय भाषा मलेशियन हो, जुन मलय भाषाको मानकीकृत रूप हो । त्यसैगरि अंग्रेजी सक्रिय दोस्रो भाषा बनेको छ, यसको प्रयोगकोलाई १९६७ को राष्ट्रिय भाषा ऐन अन्तर्गत केही आधिकारिक उद्देश्यका लागि अनुमति दिइएको छ ।